समाजवादी दलित मोर्चा नेपालद्धारा जनप्रदर्शनमा सहभागी...
समाजवादी दलित मोर्चा नेपाल
समाजवादी दलित मोर्चा नेपालद्धारा जनप्रदर्शनमा सहभागी हुन अपिल
समाजवादी दलित मोर्चा नेपालद्धारा जनप्रदर्शनमा सहभागी हुन अपिल
विश्व भूराजनीति र देशको तरल राजनीतिक अवस्थामा जनताको निराशा एवम् आक्रोशलाई दुरुपयोग गरी २४० वर्ष शासन गरी इतिहासमा असफलसिद्ध भएको सामन्ती राजतन्त्रलाई अहिले पुनस्थापना गर्ने भ्रमपूर्ण प्रचार र गतिविधि गरिंदैछ ।
विश्व भूराजनीति र देशको तरल राजनीतिक अवस्थामा जनताको निराशा एवम् आक्रोशलाई दुरुपयोग गरी २४० वर्ष शासन गरी इतिहासमा असफलसिद्ध भएको सामन्ती राजतन्त्रलाई अहिले पुनस्थापना गर्ने भ्रमपूर्ण प्रचार र गतिविधि गरिंदैछ । नेपाली जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक-समावेशी लगायतका वर्तमान संविधानमा भएका व्यवस्थालाई समाप्त पारी इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने र सामन्ती व्यवस्था कायम गरी जनतालाई अधिकारविहीन, रैती र दास बनाउने प्रतिगमनकारीहरुको यो हर्कत कुनैपनि मूल्यमा स्वीकार्य हुन सक्दैन । पक्कै पनि अहिलेको व्यवस्थामा केही अपुगहरु छन् र केही यथास्थितिवादी पार्टी र नेतृत्वको असक्षमताका कारण यसमा थप समस्या देखा परेका छन् ।
राज्य र सरकारको तर्फबाट देश र जनताको पक्षमा जिम्मेवारपूर्ण काम हुन नसक्दा आज जनता चरम निराशा र वितृष्णामा छन् । राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र जनजीविकाको कोणबाट हेर्दा पनि अवस्था भयावह रहेको छ । यस्तै दलित समुदाय माथिको उत्पीडन र शोषण पनि कम हुने भन्दा बढ्दो क्रममा रहेको छ । आम नेपाली जनताको चाहना अहिले व्यवस्थामा रहेको राम्रो कुराको रक्षा गर्दै अपुग विषय थप गर्ने हो न कि पछाडि फर्किने । जनताले अग्रगमन चाहेका छन् र त्यो भनेको समाजवाद हो र त्यसले मात्र देशको संकट समाधान गरी देश र जनतालाई सहि दिशा दिन सक्दछ ।
यस परिस्थितिमा आम नेपाली जनतालाई सूसुचित गर्ने उद्देश्यले भ्रष्टाचार, प्रतिगमन र यथास्थितिको विरुद्ध सुशासन, गणतन्त्र र समाजवादको पक्षमा समाजवादी मोर्चा नेपालद्वारा चैत्र १५ गते आयोजित जनप्रदर्शनमा हाम्रो ऐक्यबद्धता र आम जनताको सहभागिताको लागि आम दलित समुदाय, किसान, मजदुर, युवा, महिला, उत्पीडित जाति, जनजाति, मधेसी, मुस्लिम, मध्यमवर्ग, राष्ट्रवादी शक्ति लगायत सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपिल गर्दछौं ।
धन्यवाद !
२०८१ चैत्र १४
१) दलजीत श्रीपाली, अध्यक्ष - नेपाल दलित मुक्ति मोर्चा नेपाल,
२) राम अवतार पासवान, अध्यक्ष - नेपाल दलित मुक्ति संगठन,
३) रामलाल सी, अध्यक्ष - श्रमिक समुदाय मोर्चा नेपाल,
४) शिव वर्मा, अध्यक्ष - समाजवादी दलित मुक्ति मोर्चा