२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • बुटवलमा खुद्रा किराना व्यवसायी संघको साधारणसभा...
समाचार

बुटवलमा खुद्रा किराना व्यवसायी संघको साधारणसभा सम्पन्न

बुटवलमा खुद्रा किराना व्यवसायी संघको साधारणसभा सम्पन्न

'सबै व्यवसायीहरुका समस्या समाधान गर्न तयार छु' : नगर प्रमुख पाण्डे

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको  १८ अौं वाषिर्क साधारणसभा सप्पन्न भएको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सप्पन्न भएको हो । 

    उक्त उद्वाटन समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सबै व्यवसायीहरुका समस्याहरु समाधान गर्न बुटवल उपमहानगरपालिका तयार भएको बताउनु भयो । बुटवललाई आधुनिक शहरको रुपमा विकास गर्ने योजना रहेको बताउनु हुदै बुटवलको पहिचानलाई संरक्षण गर्ने खालका योजना बनाउन सबै व्यवसायी  संघ संस्थाहरुलाई आग्रह समेत गर्नु भयो । 

    सबै कुराहरूको लागि उपमहानगरपालिकाको मात्र मुख हेरेर नबस्न आग्रह गर्दै आफ्नो जिम्मेवारी पुरा गर्न समेत सबैलाई आग्रह गर्नु भयो । छिट्टै सबै व्यावसायिक संघ संस्थालाई छलफलमा आउन आग्रह गर्दै आफू सधैं बुटवलका संघ संस्थाहरुको पक्षमा रहेको स्पष्ट पार्नु भयो ।

    खुला सिमानाको कारण बुटवलका व्यवसायीहरुलाई मर्का परेको आफू जानकार रहेको बताउनु हुदै समाधानको लागि व्यवसायीहरुकै साथ र सहयोग आवश्यक रहेको धारणा राख्नु भयो । फरक प्रशंगमा बुटवल उपमहानगरपालिकाले बजार अनुगमन गरिरहेको जानकारी दिदै अनियमितता गर्ने कसैलाई पनि छुट नदिने बताउनु भयो । यसैगरी  उपभोक्ता हित संरक्षण मञ्च नगर अध्यक्ष समुन्द्र जिसीले उक्त साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै बजार अनुगमन निरन्तर जारी रहने बताउनु भयो । 

    रुपन्देही उद्योग संघका बरिस्ठ उपाध्यक्ष कृष्ण पराजुलीले खुद्रा किराना व्यवसायी संघले सहकारी गठन गरि सोही सहकारी मार्फत सामान खरिद गर्दा व्यावसायी तथा उपभोक्ता सबैलाई फाइदा हुने धारणा राख्नु भयो । यसैगरी संस्थाका सल्लाहकार कृष्ण पाण्डेले बुटवल उपमहानगरपालिकाले बोर्डमा समेत शुल्क तोकेकोमा आक्रोश व्यक्त गर्दै व्यवसायीहरुलाई विस्थापित गराउने खालका योजनामा पुर्नरबिचार गर्न बुटवल उपमहानगरपालिकालाई आग्रह गर्नु भयो । 

    उक्त साधारणसभाको उद्वाटन सत्रमा उद्योग व्यापार संगठनका अध्यक्ष बिष्णु ढकाल ,घर बहाल सरोकार संघका अध्यक्ष राजु लिगल ,देउराली उपभोक्ता सहकारीका अध्यक्ष ज्ञान प्रसाद न्यौपाने , निवर्तमान अध्यक्ष मोहन प्रसाद बस्याल ,बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त ढकाल , रुपन्देही व्यापार संघका सचिव प्रकाश पौडेल , सल्लाहकार टिकाराम गैरे ,पुर्ब अध्यक्ष केशब कुँवर , मानवअधिकार तथा शान्ति समाजका सभापति कृष्ण भट्टराई  लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    उक्त साधारणसभामा संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेल तथा सचिव  यमलाल बेलबासेले  आगामी कार्ययोजना सहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे भने कोषाध्यक्ष टिकाराम शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष ज्ञान प्रसाद न्यौपानेले गर्नु भएको थियो भने  संचालन  महासचिव दधिराम न्यौपानेले गर्नु भएको थियोे ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij