२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • बासवारी छाला–जुत्ता कारखाना संचालन गर्न माग...
--5743

बासवारी छाला–जुत्ता कारखाना संचालन गर्न माग गर्दै प्रदर्शन

बासवारी छाला–जुत्ता कारखाना संचालन गर्न माग गर्दै प्रदर्शन

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • युवा संगठन नेपालले बासवारी छाला–जुत्ता कारखाना संचालन गर्न माग गर्दै बासवारीमा दबाव तथा प्रदर्शन गरेको छ । आइतबार युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीको नेतृत्वमा गएको युवाको टोलीले प्रदर्शन गरेको हो ।

    प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै अध्यक्ष दिनेशले बासवारी छाला–जुत्ता कारखाना तत्काल संचालन गर्न माग गरे । उनले दैनिक नेपाली युवाहरु वैदेशिक रोजगारीमा गइरहेको बताउँदै यसलाई रोक्नका लागि बन्द भएका उद्योगहरु संचालन गर्नुपर्नेमा जोड दिए । नेपाली युवाहरु विदेशिनुले नेपालको दलाल सरकारको चरित्र उदाङ्गिएको उनको भनाई थियो ।

    देशमा युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्ने हो भने प्रशस्त मात्रामा राज्यले बन्द रहेका र नयाँ उद्योग खोल्नु पर्ने उनको भनाई थियो । यसरी उद्योग संचालन गर्नका लागि दलाल सरकारको औकात नभएकाले नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने उनको धारणा थियो ।

    विप्लवले नेतृत्व गरेको नेकपाले मात्र उद्योगहरु संचालन गरेर युवालाई नेपालमै रोक्न सक्ने क्षमता रहेको बताउँदै उनले यसका लागि सबै युवाहरु नेकपामा लामबद्ध हुनुपर्ने बताए । कार्यक्रमको संचालक युवा संगठन नेपालका उपाध्यक्ष तथा वागमती प्रदेशका इन्चार्ज विश्लेषणले गरेका थिए । कार्यक्रममा केन्द्रिय सचिव अनिल सी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij