२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • एमसीसीको खोल ओढेर साम्राज्यवाद आएको छ...
--5728

एमसीसीको खोल ओढेर साम्राज्यवाद आएको छ : शरद सी 

एमसीसीको खोल ओढेर साम्राज्यवाद आएको छ : शरद सी 

बुधवार, भाद्र १३ २०८०
बुधवार, भाद्र १३ २०८०
  • बुटवल । एमसीसी परियोजना कार्यान्वयन विरुद्ध रुपन्देहीमा संयुक्त संघर्ष भएको छ । नेकपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालले संयुक्त संघर्ष गरेको हो । 

    सैनामैनाको मुर्गियामा जुलुस प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सीले एमसीसीको खोल ओढेर साम्राज्यवाद आएको बताएका छन् । उनले अहिले साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध लड्नुपरेको बताउदै सरकारले एमसीसी कार्यान्वयनमा हस्ताक्षर गरेर गम्भीर गल्ती गरेको बताए । उनले साम्राज्यवाद र एमसीसीका दलालहरुलाई भियतनामजस्तै नेपाली जनताले लखेट्नुपर्ने बताउदै त्यसका लागि सम्पूर्ण देशभक्त र क्रान्तिकारीहरु एक हुनुपर्ने बताए । 

    कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता विक्रम नेपाली र नेकपा मशालका नेता बाबुराम आचार्यले एमसीसी परियोजना कार्यान्वयन गरेर सरकारले गम्भीर कमजोरी गरेको बताए । उनीहरुले आजको दिन इतिहासको कालो दिन भएको बताउदै यसको खारेज नभएसम्म संघर्ष गर्ने बताए । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij