२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • एमसीसी परियोजना कार्यान्वयन नरोकेसम्म नेकपा सन्देश...
--5726

एमसीसी परियोजना कार्यान्वयन नरोकेसम्म नेकपा सन्देश सभामा सहभागी नहुने

एमसीसी परियोजना कार्यान्वयन नरोकेसम्म नेकपा सन्देश सभामा सहभागी नहुने

बुधवार, भाद्र १३ २०८०
बुधवार, भाद्र १३ २०८०
  • बुटवल । समाजवादी मोर्चा नेपालको आज बुधबार हुने भनिएको सन्देश सभा स्थगित भएको छ । आज विहान ७ः३० बजे बालुवाटारमा बसेको मोर्चाको अध्यक्ष मण्डलको बैठकले उक्त कार्यक्रम रोक्ने तर मोर्चा कायम नै रहने सहमति भएको हो ।

    एमसीसी पारित गर्दा भएको ‘व्याख्यात्मक घोषणा’ को विषयमा आजसम्म अमेरिकी सरकार र एमसीसी परियोजनाको कार्यालय मौन बस्नु, जनदबाब बढ्दै गएपछि हिजो साँझ मात्र अमेरिकी दूतावासले मुख खोल्नु र सो सम्बन्धमा औपचारिक पत्र नलेख्नुले परिस्थिति थप जटिल देखिन्छ ।

    सरकारी सुत्रले दिएको सूचना अनुसार सरकारले एमसीसी परियोजना कर्मचारी तहमा प्रवेश गरिसकेका कारण सरकारले चाहेर पनि रोक्न सक्ने स्थिति छैन । नेकपा केन्द्रीय कार्यालयले दिएको सूचना अनुसार ‘सरकार जटिलता र व्यापक जनदबाब’को कारण सन्देश सभा रोक्नु पर्ने परिस्थिति बनेको हो ।

    नेकपा महासचिव विप्लवले एमसीसी परियोजना कार्यान्वयन नरोकेसम्म सन्देश सभा लगायत कार्याक्रममा सहभागी नहुने बताएका थिए ।

    -Janapatrika

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij