तनहु / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कर्णजीत सी शुसिलले नेपालका केहि मान्छेहरु व्यक्तिगत स्वार्थका लागि अमेरिकी दलाल हुन प्रतिस्पर्धा गरेर देश बिरोधि काममा संलग्न भएको बताएका छन।मङ्गलबार तनहुमा नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित रास्ट्रघाती एमसीसी र रास्ट्रीय स्वाधीनता बिषयक अन्तरकृया कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा नेता शुसिलले यस्तो धारणा राखेका हुन।
एमसीसी सम्झौता कार्यान्वयन गर्ने निर्णय गर्ने षड्यन्त्र भैरहेको बेला नेकपाद्वारा अयोजित बिरोध कार्यक्रम अन्तरगत भएको कार्यक्रममा नेता शुसिलले लेण्डुप दोर्जेले आफ्नो देश सिक्किमलाई भारतमा बिलय गराएर प्रदेश बनाएको सन्दर्भ कोट्याउदै उग्र रास्ट्रवादले युक्रेन बनाउछ भने आत्मसमर्पणबादले देशलाई सिक्किम बनाउने बताए। अन्तर्कृया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आदर्श सी ले "रास्ट्रघाती एमसीसी सम्झौता र रास्ट्रीय स्वाधीनताको सवाल बिषयक"अवधारणा पत्र प्रस्तुत गरेका थिए भने अवधारणा पत्रमाथि विभिन्न राजनीतिक दलहरूले धारणा राखेका थिए।
नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज निशान सीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले नेता हरिराज कडेल,माओवादी नेता रामचन्द्र सापकोटा ,एकीकृत समाजवादीका पी एल श्रेष्ठ ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका बाबुराम सुवेदी ,जसपा नेता अर्जुन गुरुङ ,नेकपा मशालका पुष्पलाल श्रेष्ठ ,वाम बुद्धिजीवी डम्बर देव कैनीले टिप्पणी गरेका थिए। नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य एटमले सञ्चालन गरेको कार्यक्रममा नेकपा लम्जुङ इन्चार्ज गौरबले मन्तव्यद्वारा स्वागत गरेका थिए।
