२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • एमसीसी नेपाललाई अमेरिकाको नवउपनिवेश बनाउने परियोजना...
--5721

एमसीसी नेपाललाई अमेरिकाको नवउपनिवेश बनाउने परियोजना हो : विप्लव 

एमसीसी नेपाललाई अमेरिकाको नवउपनिवेश बनाउने परियोजना हो : विप्लव 

'राष्ट्रहित विरुद्धको कुनै वैदेशिक परियोजना स्वीकार्न सकिदैन'

मंगलवार, भाद्र १२ २०८०
मंगलवार, भाद्र १२ २०८०
  • बुटवल । नेकपाका महासचिव विप्लवले एमसीसी परियोजना नेपाललाई अमेरिकाको नवउपनिवेश बनाउने परियोजना भएको बताएका छन् । उनले देशको हित विपरित गरिने कुनैपनि वैदेशिक सहयोग अस्वीकार गर्नुपर्ने बताउदै यसको शसक्त प्रतिरोध गर्न जनतालाई अपिल गरेका छन् ।

    समाजवादी मोर्चा, नेपालले लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले यस्तो अडान लिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड समेत सहभागी कार्यक्रममा विप्लवले एमसीसी सम्झौता कार्यन्वयन नगर्न अपिल समेत गरेका छन् । विप्लवले समाजवादी मोर्चाप्रति चौतर्फी घेराबन्दी भएको मोर्चा अझै शक्तिशाली बन्दै जाने टिप्पणी समेत गरे ।

    एक ठाउँमा उभिएको समाजवादी मोर्चालाई कुनै पनि हालतमा देशीविदेशी प्रतिक्रियावादी चलखेलले कमजोर बनाउने खेल सफल नहुने उल्लेख गरे ।
    समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले लहैलहै र मान्छेका मनोगत चाहनाले मात्रै मोर्चा गठन नभएको बताउदै नेपालमा नयाँ खाले ध्रुवीकरण जरुरी रहेको संकेत गरे । विप्लवले गणतन्त्रमा केही राजनीतिक उपलब्धीहरु हासिल भएपनि सामाजिक र आर्थिक रुपमा जनताको जीवनमा परिवर्तन नभएको उल्लेख गर्दै वैज्ञानिक समाजवादमा मात्रै सबै समस्या हल हुने बताएका छन् । विप्लवले समाजवादी आन्दोलनलाई पूरा गर्नका लागि समाजवादी मोर्चा थप बलियो र व्यवस्थित बनाउने समेत बताए ।

     
    महासचिव विप्लवले विगतको माओवादी आन्दोलनलाई अपराधी र हत्याराको रुपमा चित्रण गर्न खोजिएको उल्लेख गर्दै यसको डटेर प्रतिवाद गर्ने चेतावनी समेत दिए । देशभित्र रहेका र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै उनले ती सबै कुरालाई समाजवादी मोर्चाले परास्त गर्ने दाबी समेत गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij