बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरूका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखापरेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवि नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताए ।
उनले देशको अर्थतन्त्रको विकासमा अनेकौं बाधा व्यवधान खडा भएको बताए । उनले देशमा सुशासनको प्रत्याभूति गर्ने कुराहरूमा पनि अनेक व्यवधान खडा भइरहेको बताए । प्रतिकुल काम गर्ने र अवरोधमुलक काम गर्नेहरूसँग जुध्नुपर्ने आवश्यकता रहेको बताए ।
अध्यक्ष नेपालले नेता, कार्यकर्ताहरू घुलमिल हुनुपर्ने आवश्यकता रहेको बताए ।
