मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरद्वारा राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध जनप्रदर्शन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको कार्यक्रममा एमसिसी सम्झौता राष्ट्रघाती र जनघाती भएको भन्दै विरोध जनाएको हो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा पश्चिम नारायणी व्युरो इन्चार्ज एटम सी, केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सी, वैकल्पिक केन्द्रिय सदस्य तथा १ नम्बर जिल्ला इन्चार्ज मिङमार सी, केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सी सहित अन्य नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थिति रहेको छ ।
कार्यक्रमको सम्बोधन गर्दै नेकपाका पोलिटव्युरो तथा पश्चिम् नारायणी व्युरो इन्चार्ज एटम सीले एमसिसीको नाममा अमेरिकी साम्राज्यवादी दलाल नेपाल भित्रीन खोजेको बताए । नेपाली भूभाग प्रयोग गरि चाइना र नेपालको सम्बन्धलाई रुस र युक्रेनको सम्बन्ध जस्तो बनाउन खोज्ने अमेरिकी साम्राज्यवाद हाम्रो देशमा छिर्नु सबै नेपालीको निम्ति दुर्भाग्यपूर्ण हुन बताए । त्यस्तै कार्यक्रममा नेकपा मालेका जिल्ला अध्यक्ष हरिकृष्ण अधिकारीले पनि आफ्नो बिचार राख्दै एमसिसीको विरोध गरेका छन् ।
यसरी हेटौंडाको बुद्धचोकमा भएको विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सीले गरेका हुन् ।
