कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु एमसीसी सम्झौता कार्यनयनका विरुद्ध वृहत् विरोध प्रदर्शन गरेका छ । ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले कार्यनयन गर्न लागि परेको भन्दै विरुद्ध प्रदर्शन गरेको हो । पश्चिम कपिलवस्तु चन्द्रौटा स्थित पश्चिम खसि बजारबाट चोक सम्म जुलुससहित चोकमा आएर कोणसभामा परिणत भएको थियोे ।
विरोध सभाकाे सञ्चालन पार्टीका जिल्ला सचिव पाबेल सीले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रयास सीले सम्बोधन गरेका थिए । सभालाई सम्बाेधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता कुनै हालतमा कार्यनयन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण, संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनले बताए । एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै उनले कुनै पनि हालतमा एमसीसी कार्यनयन गर्न नदिने उद्घाेष गरे ।
पछिल्लो समय अमेरिकीहरुकै इशारामा एमसिसी कार्यनयन गराउने मौका छोपी दलालहरुको षड्यन्त्र बुझ्नुपर्ने उनले बताए । विरोध सभामा बाेल्दै उनले सम्पूर्ण जनता एमसिसीकाे विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न र यसको विरुद्ध हरेक जनताले घरघरबाट हतियार लिएर अमेरिकी साम्राज्यवाद विरुद्व निस्कनुपर्ने बताए । एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने र एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने र आफुहरु त्यसका लागि तयार रहेको बताए ।
समाजबादमा बिदेसीलाई खेल्ने ठाउँ दिने छैनौ हामी योदेशलाई बचाउन हजारौं जनाले बलिदान दिन तयार हुनेछौ। जिउदा जन्ता हो भने देश बेच्न दिन हुदैन। कार्यक्रममा राष्ट्रघाती एमसिसी सम्झाैता खारेज गर ! , राष्ट्रघाति दलालहरू होसियार, राष्ट्रिय Go bag mcc स्वाधीनताकाे रक्षा गराै ! लगायतका नारा लगाईएकाे थियोे । पछिल्लो समय नेकपाले कपिलवस्तु सहित देशभर एमसिसीका विरुद्ध संघर्ष गरिरहेको छ।जिल्ला सचिव पावेल सीले बताएका थिए।
