परासी । नेकपा नवलपरासीका नेता रामपृत सीले आफु नेकपामा रहेको बताएका छन् । उनले आफुलाई बैद्य समूहमा गएको भनि गरिएको प्रचार गलत हल्ला भएको बताएका छन् ।
उनले आइतबार एक वक्तव्य जारी गर्दै बैद्य समूहले आफ्नो कार्यक्रममा झुक्याएर लगेर पार्टी प्रवेशको हल्ला चलाएको बताएका छन् ।
उनले बैद्य समूहका केही मान्छेहरुले आफुलाई झुक्याएको भन्दै आफु नेकपा छोड्न नसक्ने जनबाटोलाई बताए । उनले जनबाटोसित कुरा गर्दै नेकपा क्रान्तिकारी पार्टी भएको बताउदै बैद्य समूह हराउदै गएको समेत बताए ।
उनले सबै इमान्दार र क्रान्तिकारी जनसमुदायलाई नेकपामा गोलबन्द हुन अनुरोध समेत गरेका छन् ।
