भारत । प्रबासी नेपाली जनसमाज भारत द्दारा आज भारत स्थित नेपाली दूतावास अगाडी प्रदर्शन सम्पन्न भएको छ। बिरोध कार्यक्रम प्रबासी नेपाली जनसमाज भारतका केन्द्रिय उपाध्यक्ष दामोदर सी को नेतृत्व मा भएको थियो।
कार्यक्रममा बोल्दै उपाध्यक्ष दामोदर सी ले नेपाली जनताले नचाहादा चाहादै बिदेशी का दलालहरुले जबर्जस्ती mcc कार्यन्वयन गर्न लागेको कुरा बताउनु भएको छ। mcc को बाहानामा नेपाल लाई सैन्य अखाडा बनाउने अमेरिकाको सपना देशभक्त नेपाली जनताले पूरा हुन नदिने कुरा औल्याउनु भएको छ।
बिरोध कार्यक्रम मा रातो अक्षर मा go back america no mcc अमेरिकी साम्राज्यवाद मुर्दाबाद लेखिएका थिए। कार्यक्रम मा केही छिन भारतीय पुलिस प्रसासन बाट अबरोध भए पनि बिरोधका बाबजुद कार्यक्रम सम्पन्न भएको छ।
