२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5707

कास्कीको अमरसिंहमा एमसीसि बिरुद्ध प्रदर्शन

कास्कीको अमरसिंहमा एमसीसि बिरुद्ध प्रदर्शन

आइतवार, भाद्र १० २०८०
आइतवार, भाद्र १० २०८०
  • निरुता बिक(कास्की) I जनताको मनसिकता विरुद्ध एमसिसि जस्तो रास्ट्रघाती योजना पास गरी कार्यनवयनमा ल्याउन खोजिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्लाले संयुक्त रुपमा आयोजना गरेको बिरोध प्रदर्शन सम्पन्न भएको छ।

    एमसिसि सम्झौतको कार्यकारी कम्पनी एमसिएले नेपालमा लगानि गर्नु अधि राखेका ४ सर्त पुरा भएको र अमेरिकन कम्पनि नेपालको विकासमा लगानि लगाउन सजक रहेको भन्दै श्रावन३१ गते बसेको बैठक बाट भाद्र १३ गते एमसिसी पुर्ण रुपमा लागु गरीने निर्णय विरुद्ध सो प्रदर्शन आयोजित गरिएको हो ।

    पोखराको पृथ्वी चोक बाट सुरु भएको बिरोध प्रदर्शन  अमरसिंह चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । बिरोध प्रदर्सक लगाए सयौ सर्वसाधरण कोणसभामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उपस्थित थिए।

    जनतामाझ कोण सभालाई सम्बोधन गर्दै नेकपा पिविएम तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज आदर्श सीले " नेपाली जनताहरुलाई कब्जामा राखेर नेपाललाई राणभुमीमा परिणत गर्ने उदेश्यले यहाँ अमेरिकी साम्राज्यवाद एमसिसी को केही रकम लाई माछाको चारो बनाएर आउन खोज्दैछ । नेपाली भुमीमा सैन्य व्यारेक बनाएर भारत र चिन माथी आक्रमण गरी नेपाल लाई ध्वस्त बनाई आर्थिक र राजनैतिक रूपमा बिश्वभरि एकछत्र राज गर्न चाहान्छ । नेपालको ईतीहासमा पहिला पनि राणाहरुले यस्तै स-साना राष्ट्रघाति सम्झौता गरेका छन् ,त्यसको नतिजा भोगी सकेका छौं तर नेपाली भुमी नै आफ्नो नहुने गरी गरीने हरेक सम्भौताको विरोधमा नेकपा उभिने छ । हामी मृत्यु बाट डराउदैनौ तर अरुको अधिनमा बसेर स्वाभिमान गुमाउन स्वीकार्य छैन । अब नेपालका राष्ट्रवादी शक्तिहरु एक हुनुपर्छ र जती पनि अनैतिक काॠ भएका छन् त्यसको विरुद्ध एक भएर संघर्ष गर्नुपर्छ" भन्दै आफ्नो भनाइ राखेका थिए ।

    कार्यक्रमको संचालन नेकपा प्रतिनिधि सदस्य एवम मध्य कास्की इन्चार्ज काजी सि ले गरेका थिए भनी पोलिट व्युरो सदस्य एवमं पश्चिम गण्डक व्युरो इन्चार्ज राजन सि, पश्चिम् गण्डक व्युरो सदस्य  बुलेट सि,  नेकपा केन्द्रिय सदस्य एवम् पश्चिम् कास्की इन्चार्ज  उभार सि , पश्चिम् कास्की सेक्रेटरी परिवर्तन सि, मध्य कास्की सेक्रेटरी कुमार सि ,पुर्बी कास्की सेक्रेटरी सोममाया सि ,पश्चिम गण्डक ब्यूरो सदस्य एवम् अखिल (क्रान्तिकारी ) कास्की जिल्ला सेक्रेटरी प्रकाश सि पश्चिम लगाएत महिला, युवा, किमान आदी उपस्थीत थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij