२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5706

बुटवलमा तीन दलद्धारा एमसीसी विरुद्ध संघर्ष

बुटवलमा तीन दलद्धारा एमसीसी विरुद्ध संघर्ष

आइतवार, भाद्र १० २०८०
आइतवार, भाद्र १० २०८०

  • बुटवल । बुटवलमा तीन दलद्धारा एमसीसी विरुद्ध संयुक्त संघर्ष गरेका छन् । नेकपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । एमसीसी परियोजना कार्यान्वयनको तयारी गरिरहेको बेला तीन दलले प्रदर्शन गरेका छन् । 

    प्रदर्शनमा एमसीसी र अमेरिकी साम्राज्यवाद विरुद्ध नाराबाजी गरिएको थियो । प्रदर्शनमा नेकपा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सी, केन्द्रीय सदस्य शरद सी, क्राकपाका लक्ष्मीकान्त पौडेल,

    नेकपा रुपन्देही सेक्रेटरी विरेन्द्र सी लगायतको उपस्थिति रहेको थियो । प्रदर्शनमा तीनैवटा दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij