२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5703

अर्घाखाँचीमा एमसीसी विरोधी संघर्षमा प्रहरीद्धारा दमन

अर्घाखाँचीमा एमसीसी विरोधी संघर्षमा प्रहरीद्धारा दमन

आइतवार, भाद्र १० २०८०
आइतवार, भाद्र १० २०८०
  • अनिल नेपाली अर्घाखाँची १० भाद्र नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुदमा जनप्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रर्दशन कार्यक्रमलाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज खेम घर्ती माहुरीले एमसीसी नेपाली जनताले नभई विदेशीको ईशासरामा चल्ने शक्तिकेन्द्रका अमेरिकी भक्तहरूले पास गरेपनि कार्यान्वयन नहुने बताउदै एम सि सि को विरुद्धमा आम जनता सडकमा आउनु पर्नेमा जोड दिदै देश रहे मत्रै यहाका पार्टी रहने भन्दै पहिलोकुरा देश, रास्ट्र रहनु पर्नेमा ठुला हात्ती पार्टीहरु बिदेशीको इसरामा चलेको भन्दै कुनै पनि हालतमा एम सिसि कार्यान्वयन नहुने बताए ।

    एक फरक प्रसगमा नेता माहुरीले नेपाली जनता स्वाधीनताको पक्षमा राष्ट्रियताको पक्षमा राम्रोसँग कदम चालेर विदेशी शक्तिकेन्द्र बाट नेपाललाई स्वाधीन राष्ट्रको अनुभुति दिलाउन सक्ने बताए । अर्घाखाँचीको सन्धिखर्कमा नेकपाले आयोजना गरेको जनप्रर्दशन कार्यक्रममा प्रहरीले उल्लेखनीय मात्रामा हस्तक्षेप गरी नेकपाका नेता तथा कार्यकर्तालाई लक्षारपक्षार गरी गिरफ्तार गर्न खोजेता पनि जनताको एमसीसी चाहिँदैन देश बेच्न पाईदैन ठुलो राष्ट्र नभई स्वाधीन राष्ट्रको अनुभुति दिलाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij