२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5702

गाउँपालिकाको हर्कतविरुद्ध ताराखोलाबासी आन्दोलित

गाउँपालिकाको हर्कतविरुद्ध ताराखोलाबासी आन्दोलित

आइतवार, भाद्र १० २०८०
आइतवार, भाद्र १० २०८०
  • बागुलङ । बागलुङको ताराखोला गाउँपालिकाले स्थानीयले सामाजिक सञ्जालमा पालिकाको गतिविधिबारे लेखेको बिषयमा विद्युतीय अपराध मुद्दाका लागि सिफारिस गरेको भन्दै त्यसको विरोध गरेका छन् ।  स्थानीयबासीले आइतबार ताराखोलामा विरोध गर्दै तत्काल फिर्ता नगरे थप संघर्ष गर्ने बताएका हुन् । 

    स्थानीयले विरोध सभामा साउन १५ गते कार्यपालिकाको निर्णयमा नै वडा नं. २ का इन्द्रबहादुर रोका र तुलसीराम घर्तीलाई कारवाही गर्न प्रहरीलाई पालिकाले सिफारिस गरेको भन्दै त्यसको विरोध गरेका छन् ।  स्थानीयले गाउँपालिकाको कार्यालयले स्थानीय बिषयहरुबारे एक्लौटी निर्णय गरी रातोकिताबमा लेखेको भन्दै त्यो निर्णय फिर्ता गर्नुपर्ने बताएका छन् । विरोध कार्यक्रममा बोल्दै इन्द्रबहादुर रोकाले नागरिकले आफ्नो मत राख्न पाउनुपर्ने बताउदै पालिकाले गरेका गलत क्रियाकलापविरुद्ध बोलेकै कारण मुद्दा लगाइएको बताए । उनले आफुहरुले गाउँपालिका राम्रो होस् भन्ने चाहना राखेकै कारण त्यहाँभित्र हुने गलत प्रवृत्ति विरुद्ध बोलेको भन्दै यसैलाई बिषय बनाएर विद्युतीय मुद्दा लगाउनु निन्दनीय भएको बताए । जनताले जिताएर पठाएका पालिकाका जनप्रतिनिधिहरुले लोकतन्त्रको न्युनतम मान्यतालाई समेत धज्जी उडाउदै भन्दै उनले जनताको आवाजलाई रोक्नु गलत भएको बताए । 

    उनले मिडियाहरु पूर्वाग्रह हुन नहुने बताउदै अन्यायको पक्षमा उभिन आग्रह गर्दै पालिकाको गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने बताए । उनले नागरिकको आवाज नकुल्च चेतावनी दिदै संविधानको मौलिक हकलाई सुरक्षित गर्न आग्रह गरेका छन् । उनले जायज सवाल उठाएकै कारण पालिकाले जवाफ दिनुको सट्टा उजुरी दिएको बताएका छन् 

    घर्ती र रोकाले धेरै पहिलादेखि गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिलाई पारदर्शी बन्न, उत्तरदायी हुन र जनताले उठाएका मागको सम्बोधन गर्न माग गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरूलाई हाजिर हुन पत्राचार गरेकोबारे प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij