२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा...
--5701

समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा सन्देश सभा गर्ने

समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा सन्देश सभा गर्ने

आइतवार, भाद्र १० २०८०
आइतवार, भाद्र १० २०८०
  • बुटवल । समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा सन्देश सभा गर्ने भएको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलन गरेर मोर्चाले उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेकपाका पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले भदौ १२ गते बुटवलमा मोर्चाको सन्देश सभा गर्न लागिएको बताउदै उक्त सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । उनले सभामा सहभागिताका लागी सबैलाई अपिल गरेका छन् । 

    पत्रकार सम्मेलन नेकपा माकेका केन्द्रीय सचिव हितमान शाक्यले अहिले देश संकटमा परेको भन्दै यसको समाधानका लागि मोर्चा गठन गरिएको बताए । उनले मोर्चाका साझा अवधारणा भएपनि पार्टीगत स्वतन्त्रता रहेको बताए । 

    कार्यक्रममा नेकपा पिबिएम एवं पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज सन्जीव सी, नेकपा माकेका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा केन्द्रीय सदस्य शरद वलीको सञ्चालनमा कार्यक्रम भएको थियो । सम्मेलनमा जसपाका मनिकर कार्की, लगायत नेताहरुको सहभागिता रहेको थियो । 

    १२ गते बुटवल मण्डपस्थित बिआइसी हलमा कार्यक्रममा नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेता कार्यकर्ताको सहभागी रहनेछ । कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ  । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij