२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5696

दाङको हापुरेबाट नेकपाका दुई नेताकार्यकर्ता पक्राउ

दाङको हापुरेबाट नेकपाका दुई नेताकार्यकर्ता पक्राउ

आइतवार, भाद्र १० २०८०
आइतवार, भाद्र १० २०८०
  • भदौ ९ , तुलसीपुर । दाङको हापुरेबाट नेकपाका दुई नेताकार्यकर्ता पक्राउ परेका छन् । एमसिसी कार्यान्वयन विरुद्ध जागरण प्रचार गरिरहेका नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्जवल सी र नेकपाका बबईका कार्यकर्ता दुर्गा बहादुर सी पक्राउ परेका हुन् ।

    शनिबार बिहान ११:४० बजेतिर एमसिसी कार्यान्वयनका विरुद्ध मोटरसाइकलमा माइकिङ गर्दै हिडेका बेला नेकपाका दुई नेताकार्यकर्तालाई पक्राउ गरेको प्रहरी कार्यालय हापुरेका सहायक प्रहरी निरीक्षक भिम बहादुर सुनारले बताए । हापुरेबाट पक्राउ गरिएलग्गत्तै खिलतपुर प्रहरी चौकीमा पठाइएको सुनारले बताए । यता प्रहरी चौकी खिलतपुरका इन्स्पेक्टर अजयजंग थापाले पक्राउ परेका दुबै जना नेकपाका कार्यकर्तालाई इलाका प्रहरी कार्यालय तुलसीपुर पठाइएको बताए ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्दै देशव्यापी संघर्ष गरिरहेको छ । नेकपाले आज देशव्यापी एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध गाउँगाउँमा जागरण प्रचार गरिरहेको जनाएको छ ।

    यसैबीच नेकपा पश्चिम दाङले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा एमसिसी विरुद्ध माइकिङ गर्दै जागरण प्रचार गरिरहेको सो पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij