२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चद्धारा एमसीसीे सम्झौतापत्र...
--5689

समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चद्धारा एमसीसीे सम्झौतापत्र दहन

समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चद्धारा एमसीसीे सम्झौतापत्र दहन

शुक्रवार, भाद्र ८ २०८०
शुक्रवार, भाद्र ८ २०८०
  • काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसी विरुद्ध पुत्ला दहन गरेको छ । नेकपाको केन्द्रिय निति अन्तर्गत देशव्यापी रुपमा राष्ट्रघाती एमसीसीको पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौंमा पुत्ला दहन गरेको हो ।

    रत्न सीको नेतृत्वमा भएको पुत्ला दहन कार्यक्रम सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । ज्ञानेश्वर चोकमा भएको पुत्ला दहन कार्यक्रममा गो ब्याक एमसीसी, नो नट एमसीसी, गो ब्याक अमेरिका लगाएतका नारा सहित सोहि नारा लिखित एमसीसीको सांकेतिक पुत्ला बनाएर दहन गरिएको थियो । यही भाद्र १४ गते नेपाल सरकारले एमसीसी कार्यन्वयन गर्ने तयारी गरेपछि नेकपाले यसको विरुद्धमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij