मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज हेटौंडामा एमसिसीको पुत्ला दहन गरेको छ । लोकप्रिय चोकमा भएको पुत्ला दहनमा नेकपाका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको नेतृत्वमा गरिएको हो ।
जनताको चौतर्फी विरोधकै बिचमा संसदबाट २०७८ फागुन ७ गते पास गरिएको एमसिसी सम्झौता राष्ट्रघाती र जनघाती भएकोले एमसिसी सम्झौता विरुद्ध नेकपाले फेरि पनि देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ । कार्यक्रमको दोश्रो दिन आज नेकपा मकवानपुरले एमसिसी लेखिएको कागज तथा त्यसका राष्ट्रघाती बुँदाहरु जलाएर विरोध गरेको छ । संसदबाट जबर्जस्त पास गरिएको एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यन्वयन गर्न नदिने भन्दै नेकपाले फेरि पनि एमसिसी विरुद्ध जनसंघर्षको कार्यक्रम गर्दै आएको छ ।
नेकपा मकवानपुरले भाद्रा ६ गते नगरका विभिन्न ठाउँमा एमसिसी सम्झौता विरुद्ध नाराहरु समेत लेखेको थियो ।
