२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • लम्जुङमा नेकपाले राजनीतिक कामसँगै उत्पादनलाई तीब्रता...
--5687

लम्जुङमा नेकपाले राजनीतिक कामसँगै उत्पादनलाई तीब्रता दिने

लम्जुङमा नेकपाले राजनीतिक कामसँगै उत्पादनलाई तीब्रता दिने

शुक्रवार, भाद्र ८ २०८०
शुक्रवार, भाद्र ८ २०८०
  • निरुता बिक, कास्की I नेकपा लम्जुङ जिल्ला पार्टीको छैठौं पुर्ण बैठक आज सम्पन भएको छ | केन्द्रीय कार्यक्रमलाई निसंकोच अघि बढाउन र उत्पादनका कामलाई पनी निरन्तर रुपमा अघि बढाउने योजना गर्नका लागी उक्त बैठक बसालिएको हो।

    ९औं केन्द्रीय समितिको चौथो पूर्ण बैठकले एमसिसी राष्ट्रघाति रहेको र सच्याउनु पर्ने १२ वटा बुदाँ नसच्याई सर्त साथ नेपाललाई सैन्य अखडा बनाएर छिमेकी राष्ट्र भारत र चिन विरुद्ध चाल चल्ने खुलासा गर्दै नेकपा महासचिव विप्लव सीले " हामी आफै सक्षम छौं, अनुदान लिनु पर्दैन त्यसमाथि पनि सर्त सहीतको अनुदानले देशमा प्रगति नभई अनियमितता र द्वन्द मात्र निम्त्याउने गर्छ "  भन्दै शसक्त कार्यक्रमहरु अगाडी बढाएको हो ।

    नेकपाको हालसारै बसेको केन्द्रिय बैठकले ठोस गरे अनुसार एमसिसि विरुद्ध चरमआवाज उठाउने र शसक्त भई आवाज उठाउने निर्णय साथ वाल पेन्टीङ ,पुत्ला दहन, जनप्रदर्शन ,अन्तरक्रीया ,जनजागरण कार्यक्रमको घोषणा गरेको छ। 

    बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय पिविएम एवम्  पूर्वी गण्डक इन्चार्ज आदर्श सी ले मन्तब्य राख्दै "पार्टी दुरुस्त रुपमा अगाडी जाने भएकाले कार्यकर्ता नेता पनि उत्तीकै सक्रिय रहनुपर्ने र कार्यक्रमहरुलाई सफल बनाउदै राष्ट्रपति लु लगायतका सबैखाले अहितकारी योजना हलको विरोध गर्ने" बताउनु भयो ।

    बैठकमा नेकपा लम्जुङका ईन्चार्ज गौरव सी, सेक्रेटरी रविन्द्र सी लगाएतका जिल्ला पार्टी कमीटी सदस्यहरुको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij