बुटवल । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना विरुद्ध संघर्ष कार्यक्रम अन्तर्गत एमसीसी सम्झौतापत्र जलाएको छ । राजधानी लगायत विभिन्न जिल्लाहरुमा नेकपाले सम्झौता पत्र जलाएको हो ।
यसक्रममा रुपन्देहीको बुटवल, देवदह, ओमसोतिया, तिलोत्तमा, सैनामैनालगायतका क्षेत्र, राजधानीका तीनवटै जिल्ला, दाङ, कपिलवस्तु, चितवन, कास्की, झापा, उदयपुर, बाग्लुङ, कालीकोट, बाँके, बर्दियालगायतका देशभरका जिल्लाहरुमा सम्झौता पत्र जलाएको हो ।
गुल्मीमा एमसीसी खारेजीको पक्षमा भित्तेलेखन गरिएको छ ।
