२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • बझाङमा छुरा प्रहार, नाबालक दुई छाेरासहित...
--5680

बझाङमा छुरा प्रहार, नाबालक दुई छाेरासहित आमा घाइते

बझाङमा छुरा प्रहार, नाबालक दुई छाेरासहित आमा घाइते

मंगलवार, भाद्र ५ २०८०
मंगलवार, भाद्र ५ २०८०
  • बुटवल । बझाङमा एक परिवारमाथि मध्यराति सुतिरहेकै बेला चक्कु आक्रमण भएकाे छ । अज्ञात व्यक्तिले सुर्मा गाउँपालिका-३ घर भई चैनपुरस्थित सुर्मा टोल बस्ने कलक विककी श्रीमती र दुई छोराहरूमाथि सुतिरहेकै बेला चक्कु प्रहार गरेकाे हाे । 

    चक्कु प्रहारबाट २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन् । उनीहरूकाे अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    चक्कु प्रहार गर्ने व्यक्तिले साथमा रहेको मोबाइलसमेत लुटेर लगेको बताइएकाे छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij