२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • समाजवादी मोर्चाले देशका ७ स्थानमा सन्देश...
--5677

समाजवादी मोर्चाले देशका ७ स्थानमा सन्देश सभा गर्ने

समाजवादी मोर्चाले देशका ७ स्थानमा सन्देश सभा गर्ने

सोमवार, भाद्र ४ २०८०
सोमवार, भाद्र ४ २०८०
  • बुटवल । नेकपा, नेकपा (एकीकृत माओवादी), नेकपा (एस) र जसपा रहेको चार दलीय समाजवादी माेर्चाकाे दाेस्राे बैठक साेमबार बिहान ७:५० मा सुरु भएर ९ बजे सम्पन्न भएको छ । नेकपा (एस) काे केन्द्रीय कार्यालय, आलाेकनगरमा भएको बैठकमा सबै शिर्षस्थ नेताहरूको उपस्थिति थियो । विप्लव नेकपाबाट महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य सन्ताेष सी र उमा सी ‘शिलु’ ले पार्टीको नेतृत्व गरेका थिए ।

    समाजवादी माेर्चाले के के निर्णय गर्याे ?

    समाजवादी माेर्चाकाे बैठकले यहीँ भदौ ८ गतेदेखि देशका सबै प्रदेशमा समाजवादी माेर्चा घाेषणाकाे सन्देशसभा गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी नेकपाका प्रवक्ता प्रकाण्डले दिएको जानकारी अनुसार ८ गते विरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पाेखरा, २३ गते हेटौंडा, २५ गते विराटनगरमा सन्देशसभा गर्ने भएको छ । सभामा सबै शिर्षस्थ नेताहरूले सम्बाेधन गर्नेछन् । साेही कार्यक्रममा माेर्चाकाे प्रदेशस्तरीय संरचना पनि घाेषणा हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij