२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • बुटवलमा पत्रकार नेत्र पन्थीद्धारा लिखित किताब...
--5671

बुटवलमा पत्रकार नेत्र पन्थीद्धारा लिखित किताब 'लेफ्ट राइट'माथि परिचर्चा

बुटवलमा पत्रकार नेत्र पन्थीद्धारा लिखित किताब 'लेफ्ट राइट'माथि परिचर्चा

शनिवार, भाद्र २ २०८०
शनिवार, भाद्र २ २०८०
  • बुटवल । पत्रकार नेत्र पन्थीद्धारा लिखित किताब लेफ्ट राइटमाथि परिचर्चा भएको छ । शनिबार बुटवलमा पाठक मञ्चद्धारा आयोजित कार्यक्रममा पन्थीको किताबमाथि रामचन्द्र श्रेष्ठ, डीआर घिमिरे र शंकर गाहा मगरले टिप्पणी गरेका थिए । 

    टिप्पणीकर्ताले कितावमाथि चर्चा गर्दै प्रचण्डको नयाँ उत्तराधिकारी जरुरी नभएको बताए । उनीहरुले किताबमा प्रचण्डलाई केन्द्रविन्दुमा राखिएको बताउदै उनको अस्थिरतालाई लेफ्ट राइटको रुपमा प्रस्तुत गरिएको बताए । उनीहरुले किताबमा प्रचण्ड यात्राको शृंखलामा सिलसिलबद्ध राखिएको बताउदै भूराजनीतिकलाई देखाइएपनि अर्थराजनीतिक पक्ष छुटेको बताए । 

    परिचर्चा कार्यक्रममा विभिन्न व्यक्तिहरुले जिज्ञासा समेत राखेका थिए । 

    कार्यक्रमको संचालन माधवकुमार पौडेलले गरेका थिए । पाठक मञ्चले विभिन्न कार्यक्रमहरु नियमित राख्दै आएको छ । पन्थीको किताप सांग्रिला बुक्सले प्रकाशित गरेको हो । किताबको मूल्य ११ सय रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij