२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न, यस्तो...
--5666

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न, यस्तो गर्यो निर्णय

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न, यस्तो गर्यो निर्णय

बिहिवार, श्रावण ३२ २०८०
बिहिवार, श्रावण ३२ २०८०
  • कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको चौथो पूर्ण बैठक आज सम्पन्न भएको छ।नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा आइतबार देखि शुरु भएको बैठक आगामी ६ महिने दोस्रो आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको हो।

    नवौं केन्द्रिय समितिको चौथो पूर्ण बैठकले अघिल्लो आवधिक योजनाको समिक्षा गरेको छ ।त्यस्तै , बैठकले आगामी योजना अन्तर्गत बिचार, राजनीति , संगठन, संघर्ष,जनपरिचालन लगाएतका निर्णयहरु गरेको बताइएको छ।

    बैठकमा एमसीसी विरुद्धको संघर्स,महङ्गी, भ्रष्टाचार , मानव तस्करी , दलित / श्रमिक समुदाय र महिलाहरु माथी भैरहेका हिंसा र उत्पीडन विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ भने बैठकको अन्तमा समाजवादी क्रान्ति जिन्दावाद , एकीकृत क्रान्ति जिन्दावाद , अमेरिकी हस्तक्षेप मुर्दाबाद, एमसीसी मुर्दाबाद जस्ता नारा लगायपछी महासचिव विप्लवले बैठकको समापन गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij