अर्घाखाँची । अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य पदम नेपाली सहित ५ जना विद्यार्थी रिहा भएका छन् । उनीहरुलाई प्रहरीले हिजो मालारानी गाउँपालिकाको रतनमारेबाट पक्राउ गरेको थियो ।
संगठनले मालारानी गाउँपालिकास्थित सिद्धार्थ मावि रतनमारेमा विभिन्न मागहरु राख्दै तालाबन्दी गरेको थियो । विद्यालयका विभिन्न समस्याहरुबारे माग गर्दै ज्ञापनपत्र बुझाएपनि विद्यालयले कार्यान्वयन नगरेपछि तालाबन्दी गरेको थियो ।
रिहा हुनेमा संगठनका केन्द्रिय सदस्य कड्डपदम सि अर्घाखाँची जिल्ला अध्यक्ष कड्डहरि सि ,बिजय सि,रचना सि,बसन्त सि,अनमोल सि रहेका छन् ।
रिहा भएलगत्तै नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं अर्घाखाँची इन्चार्ज खेम सीले स्वागत गरेका थिए ।
