२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • माके परित्याग गरि खनालको नेतृत्वमा ३३...
--5653

माके परित्याग गरि खनालको नेतृत्वमा ३३ जना नेकपामा प्रवेश

माके परित्याग गरि खनालको नेतृत्वमा ३३ जना नेकपामा प्रवेश

शुक्रवार, श्रावण २६ २०८०
शुक्रवार, श्रावण २६ २०८०
  • बुटवल । नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरि नबराज खनालको नेतृत्वमा ३३ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । खनालको नेतृत्वमा काठमाडौमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गरेका हुन् । 

    प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मिलन सीले रबि लामिछाने नेपाली जनताको प्रतिनिधि नभएको बताएका छन् । बिहीबार नेकपा उपत्यका व्युरोले आयोजना गरेको धुर्विकरण कार्यक्रमलाई सम्बोधन गर्दै मिलनले रवि नेपालको राजनीतिक अस्थिरताका कारण पैदा नभई साम्राज्यवादीहरुले नेपालमा आफ्नो प्रभुत्व जमाउन जवरजस्त खडा गरेको साम्राज्यवादी एजेन्ट रहेको बताएका हुन् ।

    कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु भृकुटी सी, पाटन सी, चन्द्र सी, विकिरण सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य चिरन सीले गरेका थिए ।

    धुब्रिकरण कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज विजय सीले स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij