२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • 'नेकपा बहुमत'को नाममा चन्दा उठाउने दुईजना...
--5652

'नेकपा बहुमत'को नाममा चन्दा उठाउने दुईजना पक्राउ

'नेकपा बहुमत'को नाममा चन्दा उठाउने दुईजना पक्राउ

शुक्रवार, श्रावण २६ २०८०
शुक्रवार, श्रावण २६ २०८०
  • बुटवल । नेकपाबाट कारवाही परेर नयाँ समूह बनाएको धर्मेन्द्र सुदर्शन समूहले आफ्नो नाम 'नेकपा बहुमत' राखेको थियो । उक्त समूहले दाङमा 'नेकपा बहुमत' पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक छन् ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो । उनीहरुले विगतदेखि नै विभिन्न ठाउामा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख राजनकुमार गौतमले बताए ।

    बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिउको गौतमले बताए । पक्राउ परेका बिक र परियाले यसअघि ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरा स्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन के।सी।लाई १० लाख चन्दा मागेका थिए ।

    यस्तै साउन १८ गते कपुरकोटस्थित कालिका मा।वि।का शिक्षक बामदेव अधिकारीलाई ५ लाख, साउन २७ गते तुलसीपुर–१८ स्थित बेलझुण्डी माविकी शिक्षिका जानका बस्नेतलाई १ लाख, २१ चैत २०७९ मा तुलसीपुर–७ बुढागाउँ पर्सेनीका पूर्व शिक्षक इन्द्रबहादुर वलीलाई १ लाख रुपैयाँ उनीहरुले चन्दा माग गरेका थिए ।

    उनीहरुले पत्र पठाउँदै चन्दा मग गर्ने र चन्दा माग गरेको कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्नेसमेतको चेतावनी दिने गरेको निमित्त प्रमुख गौतमले बताए ।

    परियार र बिकको साथबाट प्रहरीले कम्युनिष्ट पार्टी बहुमतको नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ । अहिले धर्मेन्द्र समूह किरण समूहमा विलय भएको छ भने उक्त विलय गलत भएको भन्दै त्यसभित्रका केही समूह पुरानो अस्तित्व जीवित रहेको बताएको आएको छ । तर उनीहरु एमालेका भएको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij