२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • रोल्पाको त्रिवेणीमा बस दुर्घटना ,४...
--5651

रोल्पाको त्रिवेणीमा बस दुर्घटना ,४ जनाको मृत्यु

रोल्पाको त्रिवेणीमा बस दुर्घटना ,४ जनाको मृत्यु

मंगलवार, श्रावण २३ २०८०
मंगलवार, श्रावण २३ २०८०
  • बुटवल । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने  १८ घाइते भएका छन् । रोल्पाको शहीमार्ग अन्तर्गत बागमाराबाट दाङ घोराही आउँदै गरेको यात्रुबाहक बस त्रिवेणी गाउँपालिका–७ तिलाबजार नजिकै दुर्घटना हुँदा एकजना महिलासहित ३ जना पुरुषको मृत्यु भएको छ।

    भने अन्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मधुसूधन विश्वकर्माले जानकारी दिए । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा माडी बस्ने अन्दाजी २१/२२ वर्षीय प्रकाश बाठा, माडी ४ मा बस्ने अन्दाजी ५०/५१ वर्षीय गोर्खे डाँगी, गोर्खे डाँगीको श्रीमती ५० वर्षीय हस्ता डाँगी र परिवर्तन–३ बस्ने अन्दाजी ४५/४६ वर्षीय भक्त बिक रहेका छन् ।

    त्यसैगरी दुर्घटनामा बस चालकसहित १८ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी उपचारका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको  प्रहरीले जनाएको छ ।

     मंगलबार दिउँसो १ः १५ बजेतिर ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । घटनाबारे थप अुनसन्धान र उद्धार कार्य भइरहेको प्रहरीले जानकारी दिएको  छ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij