२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं...
--5639

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु नेकपा प्रवेश

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु नेकपा प्रवेश

आइतवार, श्रावण २१ २०८०
आइतवार, श्रावण २१ २०८०
  • कञ्चनपुर , श्रावण २१ : नेपाल कम्युनिस्टमा विभिन्न पार्टी परित्याग गरी दर्जनाैं मान्छे प्रवेश गरेका छन । आईतबार नेकपा कञ्चनपुर जिल्ला समिति द्वारा आयोजित संगठन विस्तार तथा ध्रुविकरण अभियान अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिकामा नेताहरुले पार्टीमा प्रवेश गरेको नेकपाले बताएको छ ।

    नेकपा एमालेबाट राजाराम रानाको नेतृत्वमा १ दर्जन बढी , नेपाली कांग्रेसबाट घुम्मन् चौधरीको नेतृत्वमा झण्डै १ दर्जन र नेकपा माओवादी केन्द्रबाट मान बहादुर विकको नेतृत्वमा ५ दर्जन बढी नगर र वडा स्तरीय नेता कार्यकर्ता ले पार्टीमा समाहित भएको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी बताए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी इन्चार्ज विराटले पार्टीले कुनै पनि हालतमा संसदीय व्यवस्था स्वीकार गरेर नजाने बताएका छन ।

    ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता विराटले वर्तमान संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको यसको समाधान जनताको नेतृत्व गर्ने सत्ता वैज्ञानिक समाजवाद रहेको उनको दाबी छ । ध्रुविकरण कार्यक्रममा नेकपा महाकाली ब्युरो सचिव वीरेन्द्र सी, नेकपा कञ्चनपुर सचिव दिवार सी लगायतको जिल्ला नेताकार्यकर्ता र जबसका नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij