बुटवल । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति रुपन्देहीको दोर्सो बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले विगतका कामहरुको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरेको छ ।
बैठकमा नेकपा केन्द्रीय सदस्य सरद वली, जिल्ला सेक्रेटरी विरेन्द्र विकको उपस्थिति रहेको थियो । संगठनकी केन्द्रीय सदस्य उषा पाठक, अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य विहानी मगरको समेत उपस्थिति रहेको थियो ।
पार्टी केन्द्रीय सदस्य सरद वलीले प्रशिक्षण दिनुभएको थियो ।
