असार ३० , दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले पार्टी अनुशासन उल्लंघन गरेका एकजना कार्यकर्तालाइ कारवाही गरेको छ । नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका शान्तिनगर गाउँपालिकाका कार्यकर्ता प्रेम विकलाई कारवाही गरिएको जनाएका छन् ।
जारी विज्ञप्तिमा शान्तिनगर गाउँपालिका पार्टीका कार्यकर्ता प्रेम विकले पटकपटक पार्टीको नीति तथा अनुशासन भन्दा बाहिर गएर पार्टीलाई आँच पुर्याउने खालका गतिविधि गरेको र रुपान्तरण हुने अवसर पटकपटक दिँदापनि रुपान्तरण नभई सोही गतिविधि दोहोर्याइरहेकाले निजलाई पार्टीको समान्य सदस्य समेत नरहने गरि कार्वाही गरिएको स्पष्ट गरिएको छ ।
यस्तो छ प्रेस बिज्ञप्तिको पुर्णपाठ :

