२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेता प्रभात सीकी श्रीमतीको निधन प्रति...
--5592

नेता प्रभात सीकी श्रीमतीको निधन प्रति नेकपाद्वारा शोक व्यक्त

नेता प्रभात सीकी श्रीमतीको निधन प्रति नेकपाद्वारा शोक व्यक्त

शुक्रवार, आषाढ २९ २०८०
शुक्रवार, आषाढ २९ २०८०
  • शोभराज बराल,काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले नेता प्रभात सीकी श्रीमती पशुपति श्रेष्ठको निधदप्रति शोक व्यक्त गरेको छ । नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीले शुक्रबार एक शोक वक्तव्य जारी गर्दै समवेदन प्रकट गरेका हुन् ।

    दुर्घटनामा परी घाइते भएकी श्रेष्ठको शुक्रबार विहान ११ बजे निधन भएको थियो । ‘नेकपा काठमाडौं जिल्ला सदस्य प्रभात सी र उहाँको परिवार काठमाडौं महानगरपालिकास्थित बनस्थलीमा फलफूल व्यवसाय गर्दै आउनुभएको थियो । यही २०८० असार ९ गते साँझ ९ बजे पसल बन्द गरेर घर फर्किदै गर्दा मोटरसाइकल दुर्घटनामा परी उहाँसहित श्रीमती पशुपति श्रेष्ठ गम्भिर घाईते हुनुभएको, छोरीहरु जेनिसा श्रेष्ठ ६ ९वर्ष० र एलिसा श्रेष्ठ ९४ वर्ष० छाइते हुनुभएको थियो ।’, शोक वक्तव्यमा भनिएको छ, ‘गम्भिर घाईते भएकी प्रभात सीकी श्रीमती पुशपति श्रेष्ठको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंको आईसियुमा २०८० असार २९ गते विहान ११ बजे निधन भएको छ । मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएकी पशुपति श्रेष्ठको निधनले हाम्रो पार्टी कमिटीलाई निकै मर्माहित र दुःखी बनाएको छ ।’

    ‘सर्वप्रथम उहाँको निधनमा उहाँले समाज, आन्दोलन र परिवर्तन तथा क्रान्तिप्रति पु¥याएको योगदानको उच्च सम्मान र स्मरण गर्दै हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । दुःखको यस घडीमा कमरेड प्रभात सी, उहाँको परिवार र आफन्तहरुमा धैर्यधारणको कामनासहित हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते हुनुभएका प्रभात सीसहित उहाँका दुई छोरीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’, शोक वक्तव्यमा भनिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij