२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5591

सप्तकोशीमा ट्रक खसेर बेपत्ता

सप्तकोशीमा ट्रक खसेर बेपत्ता

शुक्रवार, आषाढ २९ २०८०
शुक्रवार, आषाढ २९ २०८०
  • बुटवल । सप्तकोशीको पुलबाट नदीमा शुक्रबार ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजको पुलमा बससँग ठोक्किएर आज बिहान ट्रक नदीमा खसेको हो ।

    नदीमा खसेको ट्रक बेपत्ता भएको छ । ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको प्रहरीले  जनाएको छ ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।

    प्रहरी कार्यालय सुनसरीका अनुसार  ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । नदीमा खसेको ट्रक देखिन छाडेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij