२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • समाजवादी मोर्चा नेपालको बैठक शनिबार (भोलि)...
--5590

समाजवादी मोर्चा नेपालको बैठक शनिबार (भोलि) अपरान्ह ४ बजे बस्ने

समाजवादी मोर्चा नेपालको बैठक शनिबार (भोलि) अपरान्ह ४ बजे बस्ने

शुक्रवार, आषाढ २९ २०८०
शुक्रवार, आषाढ २९ २०८०
  • बुटवल । समाजवादी मोर्चा नेपालको बैठक भोलि अपरान्ह ४ बजे बस्ने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको कार्यदलका सदस्य प्रकाण्ड सी ले समाजवादी मोर्चा नेपालको बैठक भोलि आसार ३० गते शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका हुन्।

    उनले समाजवादी मोर्चा नेपालको कार्यदलको बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताका बिषयलाई अन्तिमरुप दिएको समेत बताए ।

    उक्त कार्यदललाई समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि तीन दिनको समयसीमा दिइएको थियो सोहि जिम्मेवारी अनुरुप कार्यदलले संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताको आधार तयार पारेको हो । 

    उक्त कार्यदलमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी , नेकपा समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।

    उक्त कार्यदलले तयार पारेको मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहितासहितको प्रस्तावमाथि भोलि आसार ३० गते शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने समाजवादी मोर्चाको बैठकमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij