२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5584

नेकपा रुपन्देहीको छैठौं पूर्ण बैठक सम्पन्न

नेकपा रुपन्देहीको छैठौं पूर्ण बैठक सम्पन्न

बुधवार, आषाढ ६ २०८०
बुधवार, आषाढ ६ २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको छैठौं पूर्ण बैठक तिलोत्तमाको शंकनगरमा  सम्पन्न भएको छ ।

    पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सीको प्रमुख आतिथ्यता पार्टीका केन्द्रिय सदस्य द्धय धु्रव सी, विश्वास सी,केन्द्रिय सल्लाहकार प्रकाश सी ,जिल्ला सल्लाहकार संयोजक ज्योतिलाल सी,को आतिथ्यता र जिल्ला सेक्रेटरी विरेन्द्र सीको अध्यक्षता र सन्चालमा भएको  बैठकलाइ सम्बोधन गर्दै नेकपाका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सीले स्वाधीनता जोगाउन शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन र साम्राज्यवादको हस्तक्षेपलाई रोक्न चार पार्टी मिलेर समाजवादी मोर्चा बनाएको बताए ।

    उनले  बैठकमा उठेका जिज्ञासाहरुलाइ स्पष्ट पार्दै बैठकका निर्णयहरुलाई एकरूपता र दृढताका साथ लाग्न कार्यकर्तालाई दिशानिर्देश गरे ।

    नेकपा जिल्ला इन्चार्ज  ध्रुव सीले पार्टीलाइ मात्रात्मकबाट गुणात्मक रुपले अगाडि बनाउनुपर्ने भन्दै  एकीकृत जनक्रान्तिलाई सफलतापूर्वक रुपन्देहीमा  कार्यान्वयन गर्न आवश्यक पर्ने क्षमता विकास गर्न जोड दिए ।

    बैठकमा नेकपाका केन्द्रिय सदस्य विश्वास सी,केन्द्रिय सल्लाहकार प्रकाश सी,जिल्ला सल्लाहकार संयोजक ज्योतिलाल सीले मनतब्य राखेका थिए ।

    अन्तिममा बैठकले लिएका दूरगामी निर्णयहरुलाई जुनसुकै मूल्य चुकाएर भएपनि परिणाममा बदल्ने संकल्प र प्रतिबद्धता व्यक्त गर्दै सेक्रेटरी बिरेन्द्र सीले बैठकको समापन गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij