२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपा सहित चार दलको समाजवादी मोर्चा...
--5575

नेकपा सहित चार दलको समाजवादी मोर्चा घोषणा आज अपराह्न तीन बजे हुने

नेकपा सहित चार दलको समाजवादी मोर्चा घोषणा आज अपराह्न तीन बजे हुने

सोमवार, आषाढ ४ २०८०
सोमवार, आषाढ ४ २०८०
  •  बुटवल ।  नेपाल कम्युनिस्ट पार्टी सहित चार दलको समाजवादी मोर्चा घोषणा आज  हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ ।

    समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी , माओवादी, जसपा र एकीकृत समाजवादी छन् ।

    नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।  तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

    मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने सहमति भएको छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij