२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • एमसीसी खारेजको माग गर्दै युवा संगठनले...
--5573

एमसीसी खारेजको माग गर्दै युवा संगठनले चलायो हस्ताक्षर अभियान

एमसीसी खारेजको माग गर्दै युवा संगठनले चलायो हस्ताक्षर अभियान

आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • शोभराज बराल,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । शनिबार दिउसो काठमाडौंको गंगबुबाट संगठनका अध्यक्ष पाटन सीले हस्ताक्षर अभियानको सुरुवात गरेका हुन् ।

    संगठनको उपत्यका व्युरोले आयोजना गरेको हस्तक्षर कार्यक्रममा ५ हजार बढी युवाहरुले हस्ताक्षर गरेको व्युरोले जनाएको छ । उपत्यका व्युरोले राष्ट्रिय स्वाधिनताका लागि हस्ताक्षर अभियान सुरु भएको युवा संगठनका उपत्यका व्युरा इन्चार्ज अनिल सीले बताए ।  

    एमसीसी सम्झौता खारेज गर्न र देशलाई मुक्त गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको नक्सा खारेजीका लागि, मंहगी, भ्रष्टाचार, कमिसन, लघुवीत्त र मिटर व्याजीको ज्यादतिका विरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको उनको भनाई ।

    युवा संगठनको केन्द्रीय नीति अनुसार उपत्यका प्रदेशले हस्ताक्षर अभियान सुरु गरिएको हो । यो अभियान देशभर चलिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij