२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • राष्ट्रियताको रक्षाका लागि हस्ताक्षर संकलन गर्दै...
--5568

राष्ट्रियताको रक्षाका लागि हस्ताक्षर संकलन गर्दै युवा संगठन कञ्चनपुर  

राष्ट्रियताको रक्षाका लागि हस्ताक्षर संकलन गर्दै युवा संगठन कञ्चनपुर  

आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • गणेश एसके,कञ्चनपुर । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिले राष्ट्रिय स्वाधीनता रक्षाको लागि हस्ताक्षर अभियान सुरु गरेको छ । आईतबार जिल्लाको महेन्द्रनगर बजारको मदन चोकमा संगठनले हस्ताक्षर संकलन गरिरहेको छ ।

    आजबाट सुरु भएको उक्त हस्ताक्षर संकलन अभियान ८ गते सम्म चल्ने संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष भरत सी ले बताएका छन् ।

    हस्ताक्षर संकलन गर्नुको कारण उल्लेख गर्दै संगठनले भनेको छ , “ एमसिसी खारेज गर्न र देशलाई मुक्त गर्न ,भारतले नेपालको लुम्बिनी क्षेत्र समेटी कथित सांस्कृतिक नक्सा प्रकाशित गरेको हुँदा उक्त नक्सा खारेजीको माग , भ्रष्टाचार ,कमिसन , लघुवित्त र मीटर व्याजिको विरुद्ध हस्ताक्षर संकलन अभियान हो ।”

    संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाइने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij