२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • समाजवादी मोर्चाको औपचारिक घोषणा सोमबार...
--5567

समाजवादी मोर्चाको औपचारिक घोषणा सोमबार (भोलि) ३ बजे हुने

समाजवादी मोर्चाको औपचारिक घोषणा सोमबार (भोलि) ३ बजे हुने

आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी सहित समाजवादी मोर्चा निर्माण प्रक्रियामा सम्मीलित दलहरूले भोलि दिउँसो ३बजे समाजवादी मोर्चाको औपचारिक घोषणा गर्ने भएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न चार ओटा पार्टीका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा प्रवक्ता प्रबक्ता प्रकाण्ड सी ले जानकारी दिएका छन् ।

    नेकपा महासचिव विप्लव ,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका उपेन्द्र यादव सहभागी बैठकमा समाजवादी मोर्चाको अवधारणा पेश गरि पारित गरिएको बताईएको छ।

    त्यस्तै बैठकले मोर्चामा सम्मीलित हुन चाहने अन्य घटकहरुका लागि ढोका खुला राख्ने र आवश्यकता अनुसार अवधारणा पत्रमा समेत परिमार्जन गर्न सकिने सहमति गरेको छ भने भोलि ३ बजे रास्ट्रीय सभागृहमा हुने मोर्चा घोषणा कार्यक्रमको तयारीका लागि सोमबार बिहान बैठक बस्ने सहमति भएको समेत जानकारी दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij