बुटवल । मुलुकमा विद्यमान संकटको निकास र रास्ट्रीय स्वाधीनताको रक्षाको उदेश्य सहित निर्माण हुन लागेको समाजवादी मोर्चालाई अन्तिम रुप दिन मोर्चा सम्बद्ध पार्टीका प्रमुख नेताहरूको बैठक हुन लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ९ : ३० बजेदेखि बैठक बस्न लागेको हो।
नेपाल कम्युनिस्ट पार्टी,नेकपा (माओवादी केन्द्र),एकीकृत समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सम्मिलित मोर्चाको अवधारणालाई अन्तिम टुंगो लगाउन बैठक बस्न लागेको हो । मोर्चाको औपचारिक घोषणा आजै हुनेछ।
