२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5564

सुडानमा हवाई आक्रमण, १७ जनाको मृत्यु

सुडानमा हवाई आक्रमण, १७ जनाको मृत्यु

आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • एजेन्सी । सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ सर्वसाधारणको मृत्यु भएको छ ।

    समाचार अनुसार यो हमला सेनाले गरेको हो । सुडानको स्वतन्त्र समाचार वेबसाइट डार्फर २४ का अनुसार आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

     उनीहरुलाई बसिर अस्पतालमा भर्ना गरिएको छ। हवाई हमलामा २५ घर पनि ध्वस्त भएको प्रतिवेदनमा उल्लेख छ । हवाई आक्रमणको एक दिन अघि शीर्ष सेनाका जनरल यासिर अब्दुल रहमान हसन अल-अताले सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्धको आक्रमणलाई तिब्रता दिने बताएका थिए।

     सुडानमा अप्रिल १५ देखि सेना र अर्धसैनिक बलहरूबीच भिडन्त सुरु भएको छ, जसका कारण ठूलो संख्यामा मानिसहरू भाग्न बाध्य छन्।

    यसअघि शनिबार आरएसएफले एक विज्ञप्ति जारी गर्दै सेनाले धेरै हवाई आक्रमण र ठूलो संख्यामा सर्वसाधारण मारेको आरोप लगाएको थियो। सेनाले अहिलेसम्म यी आरोपहरूको पुष्टि वा खण्डन गरेको छैन।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij