२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • साम्राज्यवादको हस्तक्षेपबाट देशको स्वाधीनता बचाउन देशभक्तहरु...
--5555

साम्राज्यवादको हस्तक्षेपबाट देशको स्वाधीनता बचाउन देशभक्तहरु एक ठाँउमा आउनुपर्छ : विप्लव

साम्राज्यवादको हस्तक्षेपबाट देशको स्वाधीनता बचाउन देशभक्तहरु एक ठाँउमा आउनुपर्छ : विप्लव

शनिवार, आषाढ २ २०८०
शनिवार, आषाढ २ २०८०
  • पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अमेरिकाले नेपालका ५ ओटा जिल्लामा सैन्य अखडा राख्न नेपाल सरकारसङ्ग प्रस्ताव राखेको दाबी गरेका छन।नेपाल कम्युनिस्ट पार्टीद्वारा कास्कीको पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले यस्तो दावी गरेका हुन्।

    “नेपालका पाँच ओटा जिल्लाहरुमा सैन्य व्यारेक खडा गर्न अमेरिकाले सरकारसङ्ग प्रस्ताव गरेको छ– उनले भने–तर अहिलेको सरकारले त्यो प्रस्ताव अगाडि नबढाएमा आफु अनुकुलको सरकार निर्माण गर्ने र बर्तमान सरकारलाई विस्थापित गर्ने अमेरिकी योजना छ।”

    मन्तव्यको क्रममा महासचिव विप्लवले नेपालको संसदबाट एमसीसी पास गराइसकेपछि अब अमेरिकी साम्राज्यवाद नेपालमा प्रत्यक्ष रूपमा आईसकेको ,साम्राज्यवादको हस्तक्षेपबाट देशको स्वाधीनता बचाउन देशभक्तहरु एक ठाँउमा आउन अपरिहार्य रहेको बताए।

    नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी) केन्द्र, एकीकृत समाजवादी लगाएतका पार्टीहरुसङ्गको मोर्चाको सान्दर्भिकता बारे कार्यकर्तामाझ बोल्दै महासचिव विप्लवले अब बन्न लागेको समाजवादी मोर्चा साझा मुद्दाहरुको सहकार्य मात्र भएको भन्दै विचार र राजनीति मिल्नेहरुसङ्ग एकता र ध्रुवीकरण गर्ने र मुद्दा मात्र मिल्नेहरुसङ्ग मोर्चावन्दी वा कार्यगत एकता गर्ने पार्टी नीतिअनुसार समाजवादी मोर्चा निर्माण हुन लागेको उनको भनाइ थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij