२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • तिनाउ खोलाको ड्याममा डुबेर गुल्मी सत्यवती...
--5552

तिनाउ खोलाको ड्याममा डुबेर गुल्मी सत्यवती गाउँपालिका एक युवकको मृत्यु

तिनाउ खोलाको ड्याममा डुबेर गुल्मी सत्यवती गाउँपालिका एक युवकको मृत्यु

शनिवार, आषाढ २ २०८०
शनिवार, आषाढ २ २०८०
  •  बुटवल । रुपन्देहीबाट पाल्पाको तिनाउ ३ मा सिद्धबाबा अवस्थित तिनाउ खोलाको विद्युत् ड्याममा पौडिन गएका एक युवाको डुबेर मृत्यु भएको छ ।

    गुल्मी जिल्ला सत्यवती गाउँपालिका ७ घर भई रुपन्देहीको तिलोत्तमा बस्ने १८ वर्षीय अभिशेख परियारको डुबेर मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रुपन्देहीको तिलोत्तमा ३ ड्राइभर टोलमा कोठा गर्ने बस्ने अभिशेख शनिवार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएका थिए ।

    अचानक खोलामा बेपत्ता भएपछि दोभान प्रहरी चौकीमा खबर गरिएको थियो । उद्धारका लागि गएको प्रहरीले टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij