२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपाका स्थायी कमिटी सदस्य बिषय...
--5551

नेकपाका स्थायी कमिटी सदस्य बिषय सी राेल्पा थबाङमा

नेकपाका स्थायी कमिटी सदस्य बिषय सी राेल्पा थबाङमा

शनिवार, आषाढ २ २०८०
शनिवार, आषाढ २ २०८०
  •  हर्क घर्ती,रोल्पा । नेपाल कम्यनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सी ले नेपालका कम्युनिस्टहरू एक हुनुको विकल्प नरहेको बताएका छन्। भुम्या पर्व २०८० को अवसरमा  रोल्पा थबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विषमले यस्तो बताएका  हुन् ।

    अहिले चर्चामा रहेको समाजवादी मोर्चाबारे प्रष्ट पार्दै विषमले अमेरिकी साम्राज्यवादी शंक्तिले विभिन्न बहानामा नेपालमा आई कम्यनिस्टहरूलाई सिध्याउन उद्दत देखिएकाले त्यसको प्रतिकार गर्दै समाजवाद स्थापना गर्न कम्युनिस्टहरूको एकता आबश्यक रहेकोले सके एकता गर्ने र नभए समाजवादी मोर्चामा गोलबन्द भई अगाडि बढ्नका लागि केन्द्रमा कार्यदल तैयार भएको र उक्त कार्यदलले सकरात्मक दिशातिर छलफल अगाडि बढाएको समेत उनले बताए। ।

    भुम्य पर्बका असरमा स्थानिय स्तरमा भेटघाट तथा छलफलका लागि जनपरिषदका प्रमुख समेत रहेका विषम सी आफ्नो गृह गाउँ थबाङ पुगेका छन् ।

    असार १ देखि ५ दिन सम्म रोल्पाका उत्तरी भेग र रूकुम पुर्बमा विशेष रूपमा भुम्या पर्व मनाउने गरिन्छ भने अहिले काठमाण्डौ दाङ लगायत मगर बाहुल्य स्थानहरूमा समेत यो पर्व मान्ने गरिन्छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij