२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5550

रौतहटमा करेन्ट लागेर दुई युवकको मृत्यु

रौतहटमा करेन्ट लागेर दुई युवकको मृत्यु

शनिवार, आषाढ २ २०८०
शनिवार, आषाढ २ २०८०
  • बुटवल । रौतहटको बौधीमाई नगरपालिका- ५ कोपवा टोलमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ ।

    मृत्यू हुनेमा स्थानीय ३० वर्षीय अरुण कुमार साह र २८ वर्षीय पण्डित कुम्हाल छन् । धारामा पानी थाप्ने क्रममा विद्युतीय मोटरमा शुक्रवार राति उनी दुबै जनालाई करेन्ट लागेको थियो ।

    करेन्ट लागेर घाईते दुबै जनालाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा राति नै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कोपवाले जनाएको छ ।

     मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कोपवाका सई परमानन्द यादवले जानकारी दिए ।
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij