२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
--5549

टेक्सासमा भीषण आँधीमा तीनको मृत्यु,५० हजार मानिस विद्युतविहीन

टेक्सासमा भीषण आँधीमा तीनको मृत्यु,५० हजार मानिस विद्युतविहीन

शनिवार, आषाढ २ २०८०
शनिवार, आषाढ २ २०८०
  • एजेन्सी ।  अमेरिकामा भीषण आँधीका कारण ३ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् । अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको मृत्यु भएको हो ।

    स्थानिय प्रहरीका अनुसार सो आँधीमा परेर दर्जनौं घाइते भएका छन् भने सयौंलाई सुरक्षित स्थानमा स्थानतरण गर्नु परेको थियो ।

    सो आँधीका कारण सो क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै सम्पत्ति नष्ट भएको छ, कति भौतिक सम्पत्ति नष्ट भयो रु त्यो छानबिन भईरहेको स्थानिय अधिकारीले जानकारी दिएका छन् ।

    प्राइटन फायर चीफ पॉल डचरले अहिलेसम्म ३० वटा ट्रेलरमा क्षति पुगेको बताए । धेरै ठाउँमा रुखहरु ढलेका छन् । ओक्लाहोमा र टेक्सासमा करिब ५० हजार मानिसहरु विद्युतविहीन छन्।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij