२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • धनुषाको एक कपडा पसलमा आगलागी...
--5543

धनुषाको एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति

धनुषाको एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति

बिहिवार, जेठ ३२ २०८०
बिहिवार, जेठ ३२ २०८०
  • बुटवल । धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

    मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए ।

    स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा आज बिहान आगलागी हुँदा एक करोड रुपैयाँ बढीको क्षति भएको उनले जानकारी दिए ।

    प्रहरीलाई बिहान ३ः३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट वारुणयन्त्र मगाई आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताए ।  समयमै जानकारी भएकाले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको उनको भनाइ थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij