२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • सम्पर्कविहिन गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधानको खोजीका...
--5541

सम्पर्कविहिन गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधानको खोजीका लागि परिवारको अपिल

सम्पर्कविहिन गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधानको खोजीका लागि परिवारको अपिल

बिहिवार, जेठ ३२ २०८०
बिहिवार, जेठ ३२ २०८०
  • बुटवल । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार पल्टार बजारमा घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान ४ दिनदेखी सम्पर्कविहिन भएपछि परिवारले खोजिका लागि आपिल गरेको छ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका(३ ज्योतिनगरबाट आइतबारेदेखि प्रधान सम्पर्कविहिन भएको परिवारले जनाएको छ ।

    ज्योतिनगर स्थित आफ्नी बहिनीको घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारले आग्रह गरेको हो । मानसिक सन्तुलन कमजोर भएका उनले कालो कलरको ट्राउजर र गुलाबी कलरको टिसर्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ ।

    सेतो कपाल र सेतो दाह्री भएका उनलाई भेटाउने जो कोहीले खबर गरिदिनका लागि उनका भाई राजेन्द्र प्रधानले आग्रह गरेका छन् ।

    भाई राजेन्द्रको मोबाइल नम्बर ९७६२२३६१९६ वा सम्पर्कविहिन बनेका प्रधानका ज्वाई जीवन श्रेष्ठको मोबाइल नम्बर ९८४७०२१३४८ मा सम्पर्कका लागि परिवारले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij